कांग्रेसका महामन्त्रीले ‘ठूलो स्वर’मात्र गरे काम गरेनन् : मोहन वस्नेत

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

14
Share
Featured
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन्। हाल महाधिवेशनको तयारी पर्याप्त नभएको र पार्टीभित्र बहस गर्दा मतभेद उत्पन्न भएको छ।
  • महाधिवेशन तयारीका लागि महामन्त्री गगन कुमार थापालाई जिम्मेवारी दिइए पनि उनले क्रियाशील सदस्यताको छानबिन पूरा नगरेको बस्नेतले आरोप लगाए। विशेष महाधिवेशनको मागले तल्लो तहदेखि महाधिवेशन प्रक्रियामा बाधा पुर्याउन सक्ने भन्दै नियमित महाधिवेशनको आवश्यकता औंल्याए।
  • बस्नेतले कांग्रेस पार्टी जनमतमा विश्वास राख्ने भएकाले फागुन २१ को निर्वाचनमा भाग लिने बताए। उनले देशको स्वाभिमानको रक्षा, शान्ति सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारले वातावरण तयार गर्नुपर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मोहन बहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन् । 

उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको वहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए । 

त्यस्तै उनले महाधिवेशनको तयारीका लागि महामन्त्री गगन थापालाई  जिम्मेवारी दिएको तर उनले जिम्मेवारी पूरा नगरेको बताए ।

‘म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैंले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा नीजि सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । तैपनि क्रियाशीलता टुंगिएको छैन् । यो सबैभन्दा ठुलो कमजोरी हो । महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यको टुंगो लगाउनुपर्ने हो, त्यो सक्नुभएको छैन् । क्रियाशील छानबिन समितिको संयोजक महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ । अहिले ठूलो स्वर उहाँकै छ,’ उनले भने ।  

महामन्त्रीले अब ठूलो स्वर नगरी र आफ्नो कमजोरीलाई ढाकछोप नगरी चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको छानविनको काम टुंगाउनुपर्ने बताए ।

नेपाली कांग्रेस नेपालको अभिभावक र सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय समस्याहरु समाधान हुने दाबी गरे । ‘आजसम्म नेपालको इतिहासमा कुनैपनि किसिमको आन्दोलनको नेतृत्व कांग्रेसले गर्दाखेरि हालको जस्तो अवस्था भएको थिएन् । कांग्रेसकै नेतृत्वमा समस्याको समाधान भएका छन् । त्यसैले, अब जेनजीहरूलाई नि समेट्नेगरी काम गर्न जरुरी छ,’ उनले भने ।

महाधिवेशनका बारेमा पार्टीको विधान, कार्ययोजना अनुसार  म्याद थप गर्न सकिने उनले बताए ।

‘आजसम्मको इतिहासमा एक वर्ष म्याद थपिएकै हो । चार वर्ष विधानले दिन्छ । एक वर्ष थप्न सकिन्छ र विशेष परिस्थिति आयो भने अर्को ६ महिना पनि थप्न सक्ने स्थिति हो । तर त्यसरी जानुपर्ने परिस्थिति र्सिजना भएको छैन्,’ उनको भनाइ छ । 

अहिले विशेष महाधिवेशनको माग गरेर नयाँ पुस्तालाई समेट्ने र परिवर्तन ल्याउने नाममा गलत प्रक्रिया भइरहेको उनले बताए । यस्तो प्रक्रियाले तल्लो तहदेखिको अधिवेशन रोकिने वा प्रभावित हुने उनको भनाइ छ । 

‘वडादेखि पालिका, क्षेत्र, प्रदेश अथवा जिल्ला हुँदै महाधिवेशन प्रक्रियामा जानुपर्ने हुन्छ । विशेष महाधिवेशनले त्यो प्रक्रिया सबै रोकिन्छ । त्यो अप्रजातान्त्रिक हुन्छ, गैरजिम्मेवार हुन्छ । त्यसैले विशेष महाधिवेशन सम्भव छैन र नियमित महाधिवेशन चाँडो गर्नुपर्छ भन्नेमा सबैले जोड दिनुपर्छ,’ उनले भने ।

बस्नेतले कांग्रेस बैठकबाट निकास निस्किन नसकेपछि नेताहरु भाग्न थालेको आरोप पनि लगाए । उनले महामन्त्रीहरु पनि बैठकबाटै भाग्न थालेको दाबी गरे ।

नेता बस्नेतले देशको स्वाभिमानमाथि भएको आक्रमणलाई कांग्रेसले प्रतिकार गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्ने बताए । 

कांग्रेस पार्टी जनमतमा विश्वास गर्ने भएकाले फागुन २१ गतेको निर्वाचनमा भाग लिने बताउँदै उनले सरकारले शान्ति सुरक्षाको अनुभूति हुने गरी निष्पक्ष ढंगबाट चुनाव गराउने वातावरण बनाउन जरुरी रहेको बताए । 

तर निर्वाचन नभए मुलुक अन्योलमा फस्ने भएकाले चुनाव अपरिहार्य भएको बताए । 

यो समाचारमा

नेपाली काँग्रेसगगन थापामोहन बहादुर बस्नेतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...