नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

15
Share
Featured


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

शुक्रबार विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु आयोग पुगेर सनाखत गरेका हुन् । 

दल दर्ताको निवेदन दिएको नेकपालाई दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् ।

सनाखतपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव विप्लवले जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन आफूहरुसँग नभएको भन्दै दल दर्ता गर्नुपर्ने बाध्यता रहेको बताए । नेकपाले अहिलेसम्म देश र जनतालाई क्षति हुने कुनै काम नगरेको र गर्न पनि नदिएको दावी गर्दै उनले निर्वाचन मार्फत सिंगै देशलाई बदल्ने बताए । 

उनले भने,‘यो जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन हामीसँग छैन । त्यसैले पनि दल दर्ता गर्नैपर्छ । यो नयाँ पार्टी हो त्यसैले जनताको इच्छा अनुसार नै कदम चाल्ने छ । नेकपाले अहिलेसम्म देश र जनतालाई क्षति हुने कुनै काम गरेको छैन र गर्न पनि दिएको छैन, निरन्तर लड्दै आइरहेको छ । जनताको सुझाव अनुसार नै हामी संघर्षरत रहने छौं । निर्वाचनमा सिंगै देशलाई बदल्ने हो ।’ 

यो समाचारमा

काठमाडौँनेत्रविक्रम चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...