गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीसँग भेट

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

16
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर देशको अवस्था सामान्य हुँदै गएको र सरकार निर्वाचनका लागि तयार भएको जानकारी दिएका छन्।
  • भण्डारीले निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्न र सुरक्षित रूपमा परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिएकी छन्।
  • यसअघि अर्यालले गत भदौमा भएको जेन जेड आन्दोलनका क्रममा आगजनीमा क्षतिग्रस्त भण्डारीको घरको स्थलगत अवलोकन गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्या देवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बालुवाटारस्थित भण्डारीको निवासमा पुगेर गृहमन्त्री अर्यालले देशको अवस्था बिस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए।

पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताएकी छन्। उनले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिइन्।

यसअघि, गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौंको चपलीस्थित पूर्वराष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए।

यो समाचारमा

ओमप्रकाश अर्यालविद्या देवी भण्डारीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    काठमाडौं । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन्। सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्। तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख

    Data is loading...

    Loading brands...

    Loading footer...