एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

14
Share
Featured

काठमाडौँ

नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् । 

नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो । सोही अभियान अन्तरगत आजको धर्ना कार्यक्रम भएको हो । 

सोही क्रममा खेलाडी संघको अध्यक्ष विक्रम लामाले आजको खेलाडीहरु बोल्न र आफ्नो अधिकारको लागि लड्न सक्ने भएको भन्दै अधिकारको लागि धर्नामा आएको बताए । 

उनले भने, ‘नेपाली फुटबलमा जुन वेतिथि भइरहेको छ, खेलाडीहरुले खेल्न पनि पाइरहेका छैनन् । तर अब खेलाडीहरु चुप लागेर बस्दैँनन् । खेलाडीहरु बोल्न सक्ने छौ, बोल्छौ र हाम्रो अधिकार हामी माग्छौ । त्यसको लागि नै हामी आज धर्नामा आएका छौ ।’

यस्तै, उनले धेरै समयदेखि रोकिएको ‘ए’ डिभिजन लिगले नेपालमा फुटबल खेलाडीहरुको फुटबलमा रमाउने आधारहरु खोसिए भन्दै ‘ए’ डिभिजन लिगको माग राख्दै आन्दोलनमा आएको बताए ।

शान्तिपूर्ण धर्नाको लागि आएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघले गेटबाट पनि छिर्न नदिएको भन्दै खेलाडीहरुको महत्व संघले नबुझेको पनि उनको भनाई छ ।

यो समाचारमा

फुटबलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...