पहिलो दिनमा नौ सय क्विन्टल धान खरिद

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

17
Share
Featured
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुर शाखाले बुधबारदेखि धान खरिद सुरु गर्दै पहिलो दिनमै ९०६ क्विन्टल (मोटा ८९४ र मध्यम १२) धान खरिद गरेको छ।
  • सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल रु ३,४६३ र मध्यम धानको रु ३,६२८ तोकिएको छ, जसअनुसार धान खरिद गर्दा किसानहरू खुसी भएका छन्।
  • यस वर्ष कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ। धान सफा, स्वस्थ र नकाटिएको हुनुपर्ने र किसानले बैंक खाता र नागरिकताको प्रतिलिपीसहित धान ल्याउनुपर्ने नियम लागू गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बुधबारदेखि धान खरिदको सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नै नौ सय क्विन्टल भन्दा बढी धान खरिद गरेको छ । 

पहिलो दिनमा मोटा धान आठ सय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सुचना अधिकारी चेतमान कठायतले बताए । 

सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ । खाद्यले सरकारले तोके कै न्यूनतम समर्थन मुल्यमा धान खरिद गरेको छ ।

धान खरिदको सुरुवात गरेपछि धान बेच्नका लागि खाद्य वरीपरी किसानको भिड लाग्ने गरेको छ । गत बर्षको तुलनामा केही दिन ढिला गरी खाद्यले धान खरिद सुरु गरेको छ । खाद्यले धान खरिद ढिलाई गर्दा कतिपय किसानले सस्तो मूल्यमा धान बिक्री गरेका थिए ।

खाद्यले धान खरिद गरेपछि किसानहरू हर्षित भएका छन् । सरकारले तोकेको मूल्यमा नै धान बेच्न पाएको गेरुवा गाउँपालिका वडा नं १ का किसान रामकृष्ण थारूले बताए । 

यस बर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको सूचना अधिकारी कठायतले बताए । उनले राजापुर नगरपालिकाको राजापुर र मानपुरटपरा र गेरुवा गाउँपालिकाको शान्तीबजारबाट धान खरिद गरिने बताए ।

मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलार पाण्डेले सरकार मापदण्ड अनुसार धान सफा, स्वस्थ र नकाटिएको हुनपर्ने बताए । धान विक्रिका लागि बैंक खाता नम्बर नागरिकताको प्रतिलिपी सहित किसानले धान ल्याउनुपर्ने बताए ।

यो समाचारमा

गेरुवा गाउँपालिकाकाठमाडौँराजापुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...