प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

15
Share
Featured
  • जनकपुरधामका व्यापारीहरूले प्रशासनसँगको सहमतिपछि आन्दोलन स्थगित गरेका छन्।
  • सहमतिअनुसार सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरिने, दोषीमाथि कानूनी कारबाही गरिने र व्यापारीहरूको सुरक्षा सुनिश्चित गरिने व्यवस्था भएको छ।
  • विवादको सुरुवात धनतेरसअघि प्रहरीले अवैध सुनचाँदीको छापा मार्दा व्यापारीहरूले विरोध जनाएपछि भएको थियो, जस क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष घाइते भएका थिए।
समाचार सारांशGenerated using AI.


जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।

धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सोनारपट्टी बजार क्षेत्रको एक पसलमा छापा मारेको थियो । सो क्रममा करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए । व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका थिए ।

विवाद तीव्र बन्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो, जस क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए । उक्त घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन सुरु गरेका थिए । उनीहरुले हिजो मात्र जनकपुरधाममा विरोध प्रदर्शन गर्नुका साथै प्रहरी प्रशासन विरुद्ध नारा लगाउँदै र्यालीसमेत निकालेका थिए ।

यो समाचारमा

काठमाडौँधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...