सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

19
Share
Featured
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कृषि विकास निर्देशनालयसँग सम्बन्धित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • मुद्दा निर्माणाधीन दोमुहान–भीम बाँध कृषि सडकमा वित्तीय अनियमितता भएको ठहरमा आधारित छ।
  • प्रतिवादीहरूमा निर्देशनालयका प्रमुख, लेखा अधिकृत, वडाध्यक्ष, उपभोक्ता समिति सदस्य र कन्सल्टेन्ट कम्पनीका सञ्चालक समावेश छन्।
  • आर्थिक बिगो ६ लाख ९० हजार ६५७ रुपैयाँ कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको महादेव गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा निर्देशनालयका योजना प्रमुख तथा कृषि अर्थविज्ञ विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा–२ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट कम्पनीका प्रोप्राइटर हरिशकुमार सिंह समेतलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती आठै जनामाथि ६ लाख ९० हजार ६५७ रुपैयाँ बराबरको आर्थिक बिगो कायम गरी विशेष अदालतमा मङ्गलबार मुद्दा दायर गरिएको हो ।

यो समाचारमा

सप्तरीअख्तियार दुरुपयोग अनुसन्धान आयोगमहादेव गाउँपालिकाधनुषा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...