माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

24
Share
Featured
  • माबिलुङ्ग इनर्जी लिमिटेडका शेयर कात्तिक १८ देखि दोस्रो बजारमा कारोबारमा आएको छ, जसमा कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर सूचीकृत गरिएका थिए।
  • नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १०५.९० र अधिकतम ३१७.७० रुपैयाँ प्रतिकित्ता मूल्य रेंज तोकेको थियो, र पहिलो सेसनमा अधिकतम मूल्यमा ३० कित्ता शेयर कारोबार भयो।
  • कम्पनी संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गर्दैछ, जसको कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ र ९७% काम सम्पन्न भइसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो ।

कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो । मंगलबार स्पेशल प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ । एमएबिइएल स्टक संकेतबाट शेयर कारोबार सुरु भएको हो ।

माबिलुङ्ग इनर्जी लिमिटेडले सङ्खुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ र हाल आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यो समाचारमा

काठमाडौँसङ्खुवासभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...