१२ वर्षदेखि फुटबल प्रतिभा विकासमा हेटौंडा फुटबल एकेडेमी सक्रिय

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

16
Share
Featured
  • हेटौंडा फुटबल एकेडेमीले विगत १२ वर्षदेखि मकवानपुरमा फुटबल प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
  • प्रशिक्षक भीम लामाले बिहान ५ः३० देखि युवासम्म नियमित प्रशिक्षण दिन्छन्, दैनिक ५०–६० जना प्रशिक्षार्थी सहभागी हुन्छन्।
  • खेलाडीको व्यक्तिगत क्षमता सुधार गर्न तालिमपछि प्रदर्शन विश्लेषण गरी सुधारात्मक अभ्यास गराइन्छ र प्रतियोगितामा अनुभव बढाइन्छ।
  • सीमित स्रोत र सहयोगका बाबजुद लामाले मकवानपुरका युवालाई फुटबलमार्फत प्रेरित गर्दै भविष्य निर्माणमा निरन्तर जुटेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित हेटौंडा फुटबल एकेडेमीले विगत १२ वर्षदेखि जिल्लामा फुटबल प्रतिभा विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक भीम लामा फुटबलप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्छन् ।

बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म बालबालिकालाई र ८ः०० बजेदेखि १०ः०० बजेसम्म युवाहरुलाई नियमित रूपमा प्रशिक्षण दिँदै आएका लामाले फुटबललाई आफ्नो जीवनको प्रमुख लक्ष्यका रूपमा अघि बढाएका छन् । एकेडेमीमा १४ वर्षमुनिका बालबालिकालाई हप्तामा पाँच दिन र १४ वर्षभन्दा माथिका खेलाडीलाई हप्तामा छ दिन तालिम गराइन्छ भने दैनिक ५० देखि ६० जना प्रशिक्षार्थी उपस्थिति रहने गर्दछन ।

वर्षायाममा यातायात समस्याका कारण सहभागी संख्या घट्ने गरेको प्रशिक्षक लामाले बताए । खेलाडीहरू प्रतियोगिताको तयारीमा रहेका बेला ट्याक्टिकल र ड्रिल गेम तालिम दिइने तथा अन्य समयमा आधारभूत सीप, डिफेन्सिङ, डिफेन्डिङ र आक्रमण अभ्यास गराइने गरिएको छ ।

खेलपछि खेलाडीको प्रदर्शन विश्लेषण गरी सुधारात्मक तालिम दिने एकेडेमीको पद्धतिले खेलाडीको व्यक्तिगत क्षमतामा उल्लेखनीय सुधार भएको बताइन्छ । हुप्राचौरमा केन्द्रित रहेर तालिम संचालन गरिरहे पनि लामाले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा–८ कमानेका खेलाडीलाई समेत प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

सरकारी निकाय र जिल्ला फुटबल संघबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै प्रशिक्षक लामाले फुटबलमार्फत देश विकासमा योगदान दिन सकिन्छ भन्ने सोचले आफू निरन्तर क्रियाशील रहेको बताए ।

आफ्नै लगानी र शुभेच्छुकहरूको सहयोगमा प्रशिक्षण पाएका खेलाडीलाई विभिन्न जिल्लाका प्रतियोगितामा सहभागी गराउँदै आएका लामाले खेलाडीहरू जिल्ला तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै अनुभव र आत्मविश्वास बढाइरहेको बताए । स्थानीय सरकारले खेलकुदमा प्राथमिकता दिए फुटबलमा बिना राजनीतिक प्रभावको क्रान्ति ल्याउन सकिने उनको भनाइ छ ।

चुनौतीबीच पनि खेलाडीहरूबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनले बताए । सीमित स्रोत र सहयोग अभावका बीच प्रशिक्षक भीम लामाले हेटौंडा तथा मकवानपुरका युवालाई फुटबलको उज्यालोतर्फ प्रेरित गर्दै भविष्य निर्माणमा निरन्तर जुटिरहेका छन् ।

यो समाचारमा

फुटबलहेटौंडाकाठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...