कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड अख्तियारी प्रदान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

14
Share
Featured

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरिएको छ । अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरेको हो ।

“युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरिएको, अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म)को प्रगति विवरणमा उल्लेख गरेको छ ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।

“त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने, असोज ३० गतेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो ।

मन्त्रिपरिषद्ले गुरुयोजना स्वीकृत गरेपछि अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

गत वर्षको असार अन्तिममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछिको पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशालामा बनाउने थियो ।

असारमा मन्त्रिपरिषद्को निर्णय भए पनि प्यारापिटका निम्ति फागुन १९ गतेमात्रै ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम सुरु गरिएको थियो । मैदानको प्यारापिट निर्माणको जिम्मा बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्सले पाएको थियो । कम्पनीले प्यारापिटको काम पनि सम्पन्न गरिसकेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...