आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

16
Share
Featured

काठमाडौँ


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण, कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

यो समाचारमा

कोशी प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महानिरीक्षकको आँसु कमजोरी होइन, संगठनप्रतिको लगाव

    काठमाडौँ । ‘सत्य, सेवा, सुरक्षणम्’—योनेपाल प्रहरीको मूल मन्त्र हो। यसले प्रहरी संगठनको आधारभूत सिद्धान्त र कर्तव्यलाई स्पष्ट पार्छ। निष्पक्ष अनुसन्धान, सत्यको अन्वेषण, नागरिकको जीउ-धनको रक्षा, निस्वार्थ सेवा र समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा कायम राख्नु नै यसको मर्म हो। यही आदर्शलाई आत्मसात् गर्न नेपाल प्रहरी अहोरात्र कार्यक्षेत्रमा खटिएको हुन्छ।यो मन्त्रले

    Data is loading...

    Loading brands...

    Loading footer...