मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

18
Share
Featured
  • युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गर्दै यसको निर्माणले खेलाडीहरूको मनोबल बढाएको बताए।
  • मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त बन्ने र सरकारले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको जानकारी मन्त्री गुप्ताले दिएका छन्।
  • पहिलो चरणमा ६ वटा फ्लडलाइट जडान र १० हजार दर्शक क्षमता भएको प्याराफिट निर्माण कार्य पूरा हुँदै छ, जसले मैदानलाई प्रतियोगिताका लागि तयार बनाउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन्। उनले निर्माण कार्यले देशभरका खेलाडीहरूको मनोबल उच्च बनाएको र यसमा सबै नेपालीहरूले साथ दिनुपर्ने बताए।

मन्त्री गुप्ताले मैदान राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडीहरूका लागि पनि खेल्न योग्य हुने बताएका छन्। यसले खेलाडीहरूको उत्साह र प्रेरणा बढाउने उनको भनाइ थियो।

सरकार खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको र सीमित समयमा धेरै काम पूरा गर्नु चुनौती रहेको मन्त्री गुप्ताले बताए। उनले मैदानलाई अझ उत्कृष्ट बनाउन नेपाल क्रिकेट संघका सदस्यहरूसँग निरन्तर छलफल भइरहेको जानकारी पनि दिए।

हाल मैदानको पहिलो चरणमा ६ वटा फ्लडलाइट जडान कार्य सम्पन्न हुन लागेको छ भने करिब १० हजार दर्शक क्षमता भएको प्याराफिट निर्माण पनि पूरा हुन लागेको छ। यसले मैदानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार बनाउने अपेक्षा गरिएको छ।


यो समाचारमा

क्रिकेटबब्लु गुप्तात्रिभुवन विश्वविद्यालयकाठमाडौँ
कीर्तिपुर5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...