नेपाल प्रहरीमा “नमस्ते टोली भनेर उपेक्षितनै काबिल देखिएपछि...

Author

सशांक रेग्मी

२०८२ कात्तिक १४, शुक्रबार

111
Share
Featured

नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थान्तरण भएका टोलीको क्षमताबारे प्रश्न उठाइन्छ ।

राज्यको निर्णयले नेपाल प्रहरीमा आएको टोली लाई २०५४ सालको टोलीले भने कहिले पनि सकारात्मक दृष्टिकोणले हेर्न चाहेन ।

 तत्कालीन गृहमन्त्री रवि लामिछाने पदमा हुँदा २०५३ सालमा राष्ट्रिय अनुसन्धानमा भर्ना भएको टोली प्रहरी नायब महानिरीक्षकको बढुवामा कोपभाजनमा पर्न गयो ।

हाल भाद्र २३ र २४ मा घटेको जेन–जी आन्दोलनमा तत्कालीन विभाग प्रमुख रहेका एआईजी सिद्धिविक्रम शाहकै कारण प्रहरी प्रधान कार्यालय आगजनी हुनबाट जोगियो ।


समाचार सारांशGenerated using AI.

आर्यन पोखरेल, सशांक रेग्मी,नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थान्तरण भएका टोलीको क्षमताबारे प्रश्न उठाइन्छ । राष्ट्रिय अनुसन्धानको नियुक्ति भनेकै राजनीतिक हुन्छ र त्यसरी झ्यालबाट छिराइएकाहरुलाई जनपदमा लैजानु हुँदैन भन्ने धारणा व्याप्त छ । तर, वास्तविकता अर्कै छ । तत्कालीन गृहमन्त्री खुम बहादुर खड्का र क्याडरबेस गृह सचिव श्रीकान्त रेग्मीको पालामा इन्टलिजेन्स अधिकृतहरुको पदपूर्ति गर्न राष्ट्रिय अनुसन्धानका अधिकारीहरुलाई प्रहरीमा स्थान्तरण गर्न थालिएको हो ।

राज्यको निर्णयले नेपाल प्रहरीमा आएको टोली लाई २०५४ सालको टोलीले भने कहिले पनि सकारात्मक दृष्टिकोणले हेर्न चाहेन । तत्कालीन गृहमन्त्री रवि लामिछाने पदमा हुँदा २०५३ सालमा राष्ट्रिय अनुसन्धानमा भर्ना भएको टोली प्रहरी नायब महानिरीक्षकको बढुवामा कोपभाजनमा पर्न गयो । सधैं उपेक्षित यी ५३ सालका अधिकृतहरुको धरातलिय यथार्थ भने फरक देखिन्छ ।

हाल भाद्र २३ र २४ मा घटेको जेन–जी आन्दोलनमा तत्कालीन विभाग प्रमुख रहेका एआईजी सिद्धिविक्रम शाहकै कारण प्रहरी प्रधान कार्यालय आगजनी हुनबाट जोगियो । प्रहरी प्रधान कार्यालय जलाउन पुगेका प्रदर्शनकारीलाई सम्झाई बुझाइ गरेर फर्काएकामा स्वयं प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रशंसा गरेका छन् । अब हुने ३३औं प्रहरी महानिरीक्षकका निम्ति शाह पनि योग्य र अब्बल दावेदार हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी नभएको  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशको नेतृत्वकर्ता डम्बर विश्वकर्मा, माधव श्रेष्ठ र उमा चतुर्वेदी समेत राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थान्तरण भएका अधिकारी हुन् । त्यतिबेला आगजनी हुन नदिई समन्वयकारी भूमिका निर्वाह गर्दै उच्च कार्य कौशल प्रस्तुत गरेको यो घटना योग्य नेतृत्व चयनका लागि एउटा मानक बन्न सक्छ ।

विगतका घटनाक्रम पल्टाउँदा २०६० फाल्गुन १९ मा जब भोजपुरस्थित प्रहरी कार्यालयमा तत्कालीन माओवादीको जनमुक्ति सेनाद्वारा आक्रमण हुँदा प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक  जिम्मेवारीबाट पन्छिँदा प्रहरी निरीक्षकको पदमा रहेका श्याम कृष्ण अधिकारी (हाल प्रहरी वरिष्ठ उपरीक्षक)ले एक्लै परिस्थिति नियन्त्रण गरेको उदाहरण छ । हालको आन्दोलनमा पनि ललितपुर प्रहरी परिसर सफलतापूर्वक रक्षा गरेर प्रहरीको मनोवल श्रीवृद्धि गर्न अधिकारीले कुशल भूमिका निर्वाह गरेको तथ्य लुकाउनै मिल्दैन । अधिकारी पनि राष्ट्रिय अनुसन्धानबाट स्थान्तरण भएकै प्रहरी अधिकृत हुन् ।

ज्यान हत्केलामा राखेर संगठनको हित सोच्ने क्षमतावान् पदाधिकारीलाई फरक चस्माले हेरिनु हुँदैन । आम नागरिकले समेत यस्ता तथ्यहरुलाई मनन गर्दै प्रहरी संगठनको मनोबल बढाउने कार्य गर्नु पर्दछ । कुसल नेतृत्वकर्तालाई सफल बनाउन हामी आम नागरिकको साथ सहयोग अपरिहार्य छ ।

यो समाचारमा

राष्ट्रिय अनुसन्धान विभागनेपाल प्रहरीनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाको महाधिवेशन: नयाँ नेतृत्व, नयाँ विचार र संगठनभित्रको शक्ति परीक्षण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको मात्र होइन, पार्टीको भावी राजनीतिक दिशा, संगठनभित्रको शक्ति सन्तुलन र आन्तरिक चुनौतीहरू पनि स्पष्ट रूपमा उजागर गरेको छ। केही दिनसम्म चलेको यो महाधिवेशनलाई धेरैले रास्वपाको अहिलेसम्मकै सबैभन्दा ठूलो आन्तरिक राजनीतिक परीक्षा पनि मानेका छन्।सभापति

    Data is loading...

    Loading brands...

    Loading footer...