स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले वर्तमान संविधानलाई जेनजी विरोधी भएको आरोप लगाएका छन्। उनले भने कि संविधानले जेनजीलाई चुनावमा उठ्न रोक्दै राष्ट्रिय सभा र संवैधानिक आयोगमा प्रतिनिधित्व अस्वीकार गरेको छ। उनका अनुसार संविधानले नेपाली नागरिकलाई मिलिजुली शोषण गर्ने काम गरेको छ।
नेपालले संविधानको यो अवस्था राष्ट्रिय सभाको चुनावमा स्पष्ट देखिने बताए। उनले भने कि वर्तमान संविधानले जेनजीलाई सांसद बन्नै नदिने उद्देश्य राखेको छ र यस्तो संविधान जलाउने वा च्यात्ने जस्ता प्रश्न उठ्न सक्ने बताए। उनका अनुसार, जेनजी प्रतिनिधित्वको अधिकार संविधानले रोकिरहेको छ।
स्वागत नेपालले २०६३ को अनुभवलाई उदाहरण दिँदै भने कि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई सांसद ल्याउने प्रक्रिया अनौपचारिक तर प्रभावकारी थियो। उनले अब ८० प्रतिशत जेनजी युवाले स्वामित्व पाउनुपर्ने बताए र यो केवल आन्दोलनबाट मात्र सम्भव हुने बताए। उनले चुनावको माध्यमबाट होइन, आन्दोलनको माध्यमबाट जेनजीको प्रतिनिधित्व स्थापित गर्न सकिने बताए।
साथै, स्वागत नेपालले राजसंस्था पुनःस्थापना गर्न चाहने राजनीतिक समूहहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्। उनले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरू राजसंस्थामा इच्छुक रहेको बताए। उनका अनुसार साँच्चैको नेपाली कांग्रेस सधैं राजसंस्थावादी रहँदै आएको छ र डा. सुनिल शर्मा र शंकर भण्डारी यसका प्रमुख प्रतिनिधित्वकर्ता हुन्।