अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क लाग्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

10
Share
Featured
  • सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लगाउने व्यवस्था गरेको छ, जुन संशोधित छापाखाना र प्रकाशन नियमावलीबाट लागू भएको हो।
  • दर्ता शुल्क ५ हजार रुपैयाँ र हरेक आर्थिक वर्षमा नवीकरण शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ।
  • अब पत्रपत्रिका र अनलाइन मिडियाको दर्ता तथा नियमन सूचना तथा प्रसारण विभागमार्फत हुने व्यवस्था गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणका लागि शुल्क लाग्ने व्यवस्था गरेको छ। छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

संशोधित नियमावली अनुसार, अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्नेछ। यस्ता सञ्चारमाध्यमहरूले प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्नेछ र यसरी नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई अब सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था मिलाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको हो।

यो समाचारमा

काठमाडौँसञ्चार तथा सूचना प्रविधि मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    काठमाडौं । करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि सरकारले नयाँ मापदण्ड ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सात बुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो । सो निर्णय कार्यान्वयनका लागि सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई पत्राचार समेत गरिएको छ ।लागु हुन

    Data is loading...

    Loading brands...

    Loading footer...