मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, ढुंगा खस्ने क्रम जारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

15
Share
Featured
  • चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड तुईन खोला पुल नजिक ढुंगा खस्दा बन्द भएको छ।
  • हाल पनि ढुंगा झर्ने क्रम जारी भएकाले सडक खुलाउने कार्य रोकिएको छ; ढुंगा खस्न छोडेपछि मात्र मेशिन प्रयोग गरिनेछ।
  • सडक डिभिजनले यात्रु र सवारी चालकहरूलाई वर्षायाममा उच्च पहिरो जोखिम हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, तुईन खोला पुल नजिकको भीरबाट शुक्रबार बिहान ढुंगाहरू खस्दा सडक दुईतर्फी रूपमा बन्द भएको हो।

हाल पनि ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य रोकिएको डिभिजनले जनाएको छ। ढुंगा खस्ने क्रम रोकिएपछि मात्र मेशिन प्रयोग गरी सडकबाट ढुंगा र माटो हटाउने कार्य सुरु गरिनेछ।

सडक डिभिजन भरतपुरले वर्षायाममा यो क्षेत्र उच्च पहिरो जोखिमयुक्त हुने भएकाले यात्रु र सवारी चालकहरूलाई सडकको अवस्था बुझी मात्र यात्रा गर्न आग्रह गरेको छ।

यो समाचारमा

चितवनकाठमाडौँभरतपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...