बीपी राजमार्ग अवरुद्ध: अविरल वर्षाले पहिरो र लेदो खस्यो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

22
Share3
Featured
  • अविरल वर्षाका कारण बीपी राजमार्गमा विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
  • चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केल क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
  • लगातार वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भएको र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिहीबारदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरो र लेदोका कारण राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टका अनुसार, राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केलगायतका स्थानहरूमा पहिरो तथा लेदो खसेको छ। यसले गर्दा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

प्रहरीले अवरुद्ध सडक सहज बनाउन केही समय लाग्ने जानकारी दिएको छ। सडक खुलाउनका लागि आवश्यक तयारी भइरहेको भए पनि लगातारको वर्षाले काममा बाधा पुगेको बताइएको छ।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडक खुल्ने प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...