विवाह पञ्चमीको तयारी सुरु,सर्वपक्षिय बैठक सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

14
Share
Featured
  • जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भइसकेको छ, र जानकी मन्दिरले सर्वदलीय बैठक गरी सम्पूर्ण कार्यक्रमको तयारीबारे जानकारी दिएको छ।
  • महोत्सवका कार्यक्रमहरू मंसिर ४ देखि १० गतेसम्म आयोजना हुनेछन्, जसमा नगर दर्शन, फूलबारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयमवर र विवाहमहोत्सव लगायतका गतिविधिहरू समावेश छन्।
  • महोत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समितिहरू गठन गरिने र मन्दिरले बारातीहरूको स्वागत, खानपान, बासब्यवस्था र सुरक्षा सुनिश्चित गर्ने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाईने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ । जनकी मन्दिरले बिहीबार महोत्सवको तयारीका विषयमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न गरेको छ ।

बैठकमा जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले यस वर्ष हुने सम्पूर्ण कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए । उनका अनुसार यस वर्ष पनि अयोध्याबाट विशिष्ट व्यक्तिहरुसहितको बाराती आउने छ र जानकी मन्दिरले बारातीहरुको स्वागत, खानपान र बासको व्यवस्थापन गर्नेछ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस वर्ष मंसिर ४ गत्ते नगर दर्शनको कार्यक्रम रहेको छ भने ५ गत्ते फूलबारी लिला रहेको छ । त्यस्तै मंसिर ६ गत्ते धनुष यज्ञ हुनेछ भने ७ गत्ते तिलकोत्सव हुनेछ । त्यस्तै ८ गत्ते मटकोर हुनेछ भने ९ गत्ते स्वयमवर र विवाहमहोत्सव हुनेछ । 

मंसिर १० गत्ते रामकलेवा विधि सम्पन्न गरी सम्पूर्ण बारातीहरुलाई विदा गरिने छोटे महन्थ दासले जानकारी दिएका छन् । उनले यस वर्ष पनि विभिन्न समितिहरु गठन हुने र हरेक समितिलाई जिम्मेवारी तोकेर महोत्सव भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने बताए ।

सर्वपक्षीय बैठकमा जानकी मन्दिरका पदाधिकारी, धनुषा ट्राफिक कार्यालयका प्रमुख, सम्पूर्ण सुरक्षा निकायका पदाधिकारी, उद्योग वाणिज्य संघ धनुषाका  पदाधिकारी, पत्रकार महासंघ धनुषाका पदाधिकारी, समाजसेवी, तथा स्थानीय युवा क्लबहरुका पदाधिकारी लगायत सरोकारवला निकायहरुको उपस्थिती रहेको थियो ।

यो समाचारमा

जनकी मन्दिरजनकपुरपञ्चमीकाठमाडौँ
धनुषा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...