कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

11
Share
Featured
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे सानेपामा बस्दैछ, जसमा मुख्य रूपमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी निर्णयमा छलफल हुनेछ।
  • सभापति शेरबहादुर देउवाको कार्यकाल मंसिरभित्र सकिँदैछ, र बैठकमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषय मुख्य एजेन्डा हुनेछ।
  • देउवाको स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेका छन्, र उनले बुधबार आफ्ना निकट ७५ नेतासँग रणनीतिक छलफल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्दैछ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेको 'जेनजी' प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थाबारे छलफल भएको थियो।

आजको बैठक मुख्यतया पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित हुनेछ। हाल सभापति शेर बहादुर देउबा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदैछ। यस सन्दर्भमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा छलफल हुनेछ। यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए।

सभापति देउवाको स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका छन्। केन्द्रीय कार्यसमिति बैठकअघि बुधबार कार्यवाहक सभापति खड्काले आफू निकटका ७५ जना नेताहरूसँग आगामी रणनीतिबारे छुट्टै छलफल गरेका थिए।

यो समाचारमा

पूर्ण बहादुर खड्कानेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...