गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

26
Share
Featured
  • बर्दिया क्षेत्रमा गएरातीदेखि परेको वर्षाले खेतको धान भिजेपछि कृषक चिन्तित भएका छन्, विशेष गरी काट्न तयार र निहिनमा सुकाइएको धान प्रभावित भएको छ।
  • मोटा र छिटो पाक्ने धान भित्र्याइसकिए पनि गहिरो खेतको ढिलो पाक्ने धान अझै भिजेको छ, जसले गुणस्तर र उत्पादनमा असर पर्ने सम्भावना छ।
  • अझै करिब ३५ प्रतिशत धान कटान गर्न बाँकी रहेको छ र लगातार वर्षाले भिज्दा केही धान खेतमै उम्रने जोखिम बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बर्दिया क्षेत्रमा गएरातीदेखि परेको वर्षाले खेतमा रोपिएको धान भिजेको छ। काट्न तयार भएको र निहिनमा सुकाएको धान वर्षाले भिज्दा कृषकहरू चिन्तित बनेका छन्। यस परिस्थितिले धानको गुणस्तरमा असर पर्ने सम्भावना छ।

विशेषगरी मोटा र छिटो पाक्ने धान भने करिब करिब भित्र्याइ सकिएको भए पनि गहिरो खेतमा ढिलो पाक्ने धान अझै भिजेको छ। कृषकहरूले विउ र मलको अभाव भए पनि उत्पादन भइसकेको हुँदा अब पानीले थप नोक्सान पुर्‍याउने डर व्यक्त गरिएको छ।

कृषक शान्ती अधिकारीले बताइन् कि लगातार पानी परेमा भिजेको धान खेतमै उम्रने सम्भावना रहेको छ। मध्यम र मसिनो किसिमको धान ढिलो पाक्ने भएकाले अहिले काटिरहेको वा काट्न तयार भएको धान मुख्य रूपमा यस प्रकारको छ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अनुसार अझै करिब ३५ प्रतिशत धान कटान गरेर भित्र्याउन बाँकी छ। कतिपय किसानले धान काटेर निहिनमा सुकाएको भए पनि वर्षाले भिजेपछि थप सावधानी अपनाउनुपर्ने अवस्था छ।

यो समाचारमा

काठमाडौँबर्दिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...