साइबर ब्युरोको अनुसन्धानमा रहेका खगेन्द्र सुनारलाई मन्त्री बन्ने तयारीमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

32
Share
Featured
  • दलित अधिकार अभियन्ता खगेन्द्र सुनारलाई प्रधानमन्त्री सुशीला कार्कीको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी गर्दैछ।
  • सुनार “दलितलाई खै?” अभियान र सामाजिक आन्दोलनका लागि परिचित छन्, तर केही महिनाअघि १३ वर्षे किरण काजी कोलीको मृत्युमा मन्त्री सुरेन्द्रबहादुर पालमाथि हत्या आरोप लगाउँदा विवादमा परेका थिए।
  • प्रहरीले उक्त दाबी असत्य ठहर गरेको छ, सुनारविरुद्ध चरित्रहत्या र अफवाह फैलाएको आरोपमा उजुरी दर्ता भइसकेको र साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएका छन्।

दैलेख–५ छातीकोटका २०४७ जेठ २ जन्मिएका सुनार सामाजिक अभियान र “दलितलाई खै?” अभियानमार्फत चर्चामा आएका छन्। उनी केही महिनाअघि सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध १३ वर्षीय किरण काजी कोलीको मृत्युमा “मन्त्रीको गाडीले हत्या गरेको” दाबी गर्दै सामाजिक सञ्जालमा विवादास्पद सामग्री साझा गरेका थिए।

तर प्रहरीले उक्त दाबी असत्य ठहर गर्दै मृतक बालकको मृत्यु करेन्ट लागेर भएको पुष्टि गरेको थियो। सुनारविरुद्ध चरित्रहत्या र अफवाह फैलाएको आरोपमा उजुरी परेको र साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।

मन्त्री पाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले सुनारको दाबीलाई अस्वीकार्य ठहर गर्दै कानूनी कारबाहीको माग गरेका थिए।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशसुशीला कार्कीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
दैलेख4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...