जितेन्द्रप्रसाद सोनल मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त

Author

सजिलो पत्रिका

२०८२ असोज ३०, बिहिबार

16
Share
Featured
  • लोसपा नेपालका नेता सोनललाई मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।
  • सोनलले लोसपा, जसपा, जनमत, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत ६ दलका ५७ सांसदको समर्थनमा दाबी पेस गरेका थिए।
  • कुनै एक दलको स्पष्ट बहुमत नभएकाले गठबन्धनको आधारमा नयाँ सरकार गठन भई मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

नयाँ नेतृत्वका लागि हिजो दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकेकी थिइन्। सोनलले बिहान नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)बाहेकका ६ दलका ५७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सोनलले लोसपा, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेश सभामा बहुमत पुर्याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। यससँगै मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरणसहितको सरकार गठन भएको छ।

यो समाचारमा

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमधेश प्रदेशनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाली काँग्रेस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...