विपिन जोशीको डीएनए परीक्षणले २०२३ मै हत्या पुष्टि

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

53
Share
Featured
  • हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको झन्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।
  • इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर भएको देखाएको छ।
  • हमासले विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायली सेनालाई बुझाएको र सेनाले परिवारलाई शव बुझ्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको झन्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।

इजरायल सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्ट अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखिएको स्रोतले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपिनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायली सेनालाई बुझाएको थियो।

शवको डीएनए परीक्षणपछि विपिनकै भएको पुष्टि भएको इजरायली सेनाले जनाएको छ। सेनाले विपिनको परिवारलाई जानकारी दिँदै शव बुझ्न आग्रह गरेको छ।

यो समाचारमा

इजरायलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...