रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

24
Share
Featured
  • रौतहटको गौर नगरपालिका–१ मा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
  • मृतकहरू राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा हुन्।
  • सात जनाको समूह घाँस लिन जाँदै गर्दा दुर्घटना भएको हो; चार जनाको उद्धार गरिँदा तीन बालिकाको शव प्रहरी टोलीले फेला पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको दुःखद मृत्यु भएको छ। गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए। डुबेका मध्ये चार जनाको स्थानीयले उद्धार गर्न सफल भएका थिए भने तीन जना बालिका बेपत्ता भएका थिए।

नेपाल प्रहरीसशस्त्र प्रहरी बलको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएका तीनै जना बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।

यो समाचारमा

रौतहटसशस्त्र प्रहरी बलकाठमाडौँगौर नगरपालिका
नेपाल प्रहरी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...