राष्ट्रिय सभा सदस्य निर्वाचनबारे प्रधानमन्त्री कार्की र सभाका अध्यक्ष दाहालबीच छलफल

Author

सजिलो पत्रिका

२०८२ असोज २६, आइतबार

19
Share
Featured
  • प्रधानमन्त्रीसँग भेटघाट: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर एक तिहाई सांसदको कार्यकाल माघमा सकिने भएकाले फागुन २० भन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने विषयमा छलफल गरे।
  • विधेयक र हल निर्माणको चर्चा: छलफलमा राष्ट्रिय सभालाई गतिशील बनाउने, आवश्यक विधेयकहरू र सभा हल निर्माणका विषयमा पनि सल्लाह गरिएको जानकारी दिइयो।
  • सभाको तयारी: अध्यक्ष दाहालले सभा हल निर्माण कार्य अघि बढिरहेको बताउँदै, छिट्टै सदन सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् । 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो मूख्य विषय माघमा एक तिहाई सांसदहरुको अवधि सकिदैछ ।  फागुनको २० गते सकिदै छ । हामीले ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्छ । निर्वाचनको बारेमा हामीले रिपोर्टिङ गरी सल्लाह गर्यौं ।’

उनले राष्ट्रिय सभालाई गतिशिल बनाउन, बैठकमा लागि हलको विषय र राष्ट्रिय सभाका केही विधेयकहरुको विषयमा पनि छलफल गरिएको जानकारी दिए । 

अध्यक्ष दाहालले सभा हल निर्माण गर्न सरकार र संसद सचिवालय लागि परेको भन्दै हल निर्माण पछि छिट्टै सदन खुलाउने समेत बताए । 


यो समाचारमा

राष्ट्रिय सभानारायण प्रसाद दाहालकाठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...