कुवेतविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक, नेपाल सम्मानजनक स्कोरतर्फ

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

19
Share
Featured
  • टी–२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध कुशल भुर्तेलले ४६ बलमा १ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरे।
  • नेपालले १६.५ ओभरमा ४ विकेट गुमाउँदै १०१ रन बनाएको छ।
  • कुशल भुर्तेलले संकटमा परेको नेपाललाई सम्हाल्दै दीपेन्द्रसिंह ऐरीसँगै सम्मानजनक स्कोरतर्फ डोर्याइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्। संकटमा परेको नेपाली टोलीको इनिङ्स सम्हाल्दै उनले महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन्।

एकपछि अर्को विकेट गुमाउँदै दबाबमा आएको नेपालका लागि कुशलले एकातर्फबाट डटेर प्रदर्शन गरे। उनले ४६ बलको सामना गर्दै १ चौका र ३ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन्।

उनको अर्धशतकसँगै नेपालले १६.५ ओभरमा ४ विकेटको क्षतिमा १०१ रन बनाएको छ। यसअघि नेपालले ओपनर आसिफ शेख (२), कप्तान रोहित पौडेल(१६), कुशल मल्ल (४) र सन्दीप जोरा (५) लाई सस्तैमा गुमाएको थियो।

कुशलले एक छेउबाट टिकेर खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्‍याइरहेका छन्। उनलाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन्।

यो समाचारमा

कुशल मल्लनेपालकुशल भुर्तेलकाठमाडौँ
रोहित पौडेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...