जेन–जी समूहले पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउको लागि दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

Author

सजिलो पत्रिका

२०८२ असोज २१, मङ्गलबार

17
Share
Featured

  • जेन–जी समूहले नेताहरूको पक्राउ माग गर्दै दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार गरिएको छ।

  • प्रहरीका अनुसार प्रधानमन्त्रीको लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न सकिँदैन।

  • समूहका ओजस्वी थापाले आगामी आन्दोलनमा कुनै संलग्नता नभएको र रक्तपात चाहिएको छैन भनेर स्पष्ट पारे।

समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ । 

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।

परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे । 

उनले भने,‘अक्टोबर ८र९ मा हामीले कुनैपनि तरिकाले बाढोमा उत्रेर आन्दोलन गर्ने कुनै योजना छैन् । हाम्रो देशलाई रक्तपात पुगिसकेको छ । हामीलाई रक्तपात चाहिएको छैन् । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दियो । धेरै वर्षपछि सबै नेपालीहरु एउटै झण्डामुनि साझा हिसाबले बस्न पाएका छन् । भ्रम छर्ने काम गरिरहेका छन् । भोली या पर्सि हाम्रो कुनै किसिमको कार्यक्रम छैन् ।’ 

त्यस्तै उनले देशमा सुशासन कायम नभएसम्म कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिएर आनन्दले घरमा बस्न सबैलाई अपिल गरेका छन् ।  ‘जबसम्म देशमा सुशासन कायम हुँदैन् । देशको भविष्य बन्दैन् तबसम्म आग्रह घरमा आनन्दले बस्नुहोस् । कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिनुहोस्,’ उनले भनेका छन् । 


यो समाचारमा

सुदन गुरुङकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...