बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु,उद्दार कार्य जारी

Author

सजिलो पत्रिका

२०८२ असोज २१, मङ्गलबार

27
Share
Featured
  • अविरल वर्षाबाट देशभर ५२ जनाको मृत्यु भएको छ — ३९ जना पहिरो, ११ जना बाढी र २ जना चट्याङबाट।
  • रसुवामा ४ र इलाममा १ जना बेपत्ता छन्, घाइते संख्या ४७ पुगेको छ।
  • तीनै सुरक्षा निकाय र स्वंमसेवक उद्धारमा खटिएका छन्, घाइतेको उपचार निशुल्क गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरण अनुसार ५२ जनाको निधन भएको जानकारी दिएका छन् ।

मंगलबार अविरल वर्षाबाट भएको विपद्का घटना एवम् खोज, उद्धार तथा राहत सम्बन्धी पत्रकार सम्मेलनमा उनले हालसम्म पहिरोमा परि ३९ जना, बाढिमा ११ जना र चट्याङबाट  २ जना गरि ५२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘मध्यान्न १२ बजेसम्मको विवरण अनुसार मानविय क्षतिमा ५२ जनाको निधन भएको छ । पहिरोमा परि ३९ जना, यसमा इलाममा ३७ जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् । बाढिमा ११ जनाको मृत्यु भएको छ ।

यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् ।

यसैगरि रौतहटमा चट्याङबाट पनि २ जनाको मृत्यु भएको छ । बेपत्ता अहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जना हुनुहुन्छ र घाइते ४७ जना हुनुहुन्छ । पहिरोका घाइते ३३ जना, चट्याङ्का घाइते १४ जना रहेका छन् ।’

यस्तै, उनले बेपत्ताहरुको खोज उद्धारको कार्य तीन वटै सुरक्षा निकाय र स्वंमसेवक साथिहरु खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरुको उपचार निशूल्क गरेको पनि बताए । उनले भने, ‘बेपत्ताहरुको खोज उद्धारको कार्य जारी छ । तीन वटै सुरक्षा निकाय परिचालित छन् भने रसुवाको बाढिमा स्वंमसेवक साथिहरु पनि हुनुहुन्छ ।

खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरुको उपचार नेपाल सरकारले निशूल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाट पनि आफ्नो प्रदेशमा भएको अस्पतालहरुमा निशूल्क उपचार गराउने कुरा गर्नु भएको छ ।’

तीन वटै सुरक्षा निकायहरु, नेपाल सरकारका संघीय मन्त्रालयहरु मात्र नभई एनजिओ, आइएनजिओहरु देखि लिएर सबैको आफनत्व भएको प्रतिकार्य योजना भयो भने काम कागजी मात्र नभई भौतिक रुपमा पनि हुने भन्दै सोही हिसाबले सबैलाई लिएर अगाडि बढेको पनि उनको भनाई छ ।  

यो समाचारमा

इलाममोरङसुनसरीपाँचथर
रौतहट7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...