सङ्खुवासभामा बाढीपहिरोको वितण्डा: कारागार र अस्पताल जोखिममा, सडक अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

20
Share
Featured
  • अविरल वर्षा र बाढीपहिरोले सङ्खुवासभा जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको छ; खाँदबारी जिल्लाकारागार र चैनपुर नगर अस्पताल उच्च जोखिममा रहेका छन्।
  • पहिरोका कारण उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध भएको छ, जसले भोटखोला गाउँपालिकासँगको सम्पर्क कटाएको छ।
  • अरुण नदीको पानी खतराको तह पार गरेको र ग्रामीण सडकहरूमा यातायात रोकिएको छ, साथै प्रभावित क्षेत्रका परिवारहरू सुरक्षित स्थानमा सारिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शुक्रबारदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले सङ्खुवासभा जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको छ। पहिरोले खाँदबारीस्थित जिल्ला कारागार र चैनपुरको नगर अस्पताल उच्च जोखिममा परेका छन् भने उत्तर-दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध भएको छ।

जिल्ला कारागार खाँदबारीको ३० मिटर बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए। पहिरो रोकथामको प्रयास भइरहे पनि वर्षाले समस्या उत्पन्न गरेको छ। सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत पहिरोको जोखिममा परेको छ।

चैनपुर नगरपालिका-६ मा रहेको १५ शय्याको नगर अस्पतालको पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। चैनपुर-३ सिद्धपोखरीमा तेञ्जि शेर्पाको ढुङ्गामाटोले बनेको घर पहिरोको उच्च जोखिममा परेपछि परिवारलाई अन्यत्र सारिएको छ।

पहिरोका कारण खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्ड मकालु गाउँपालिका-३ मा पहिरो खसेपछि एक महिनादेखि अवरुद्ध छ, जसले गर्दा भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको छ।

अरुण नदीमा पानीको सतह खतराको तह पार गरेको र अझै बढ्ने खतरा रहेकाले जिल्ला बाहिर तथा जिल्लाभित्रका ग्रामीण सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिए।

यो समाचारमा

चैनपुर नगरपालिकाकाठमाडौँसङ्खुवासभाभोटखोला गाउँपालिका
मकालु गाउँपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...