वर्षा रोकिएसँगै घट्न थाल्यो सप्तकोशी नदीको बहाव

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

14
Share
Featured
  • अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेर बिहान ६ बजे ४,३५,३०५ क्युसेक पुगेको छ, जबकि राति ५,३३,५४० क्युसेक थियो।
  • कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् र उच्च बहावको समयमा रातो बत्ती बालिएको र झण्डा फहराइएको थियो, जुन हाल हटाइएको छ।
  • वर्षा कम भएको कारण नदीमा पानीको बहाव घट्दो क्रममा रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, आज बिहान ६ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार नदीमा पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड रहेको छ।

गए राति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेकप्रति सेकेण्ड पुगेको थियो। रातिदेखि वर्षा कम भएसँगै नदीमा पानीको बहाव घट्दो क्रममा रहेको थापाले जानकारी दिए।

हाल कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको थियो र रातो झण्डा फहराइएको थियो, जुन अहिले हटाइएको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...