जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किन मौका, नफर्किए कारबाही

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

14
Share
Featured
  • जलेश्वर कारागारले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीलाई असोज २० गतेसम्म स्वेच्छाले फर्किन अन्तिम मौका दिएको छ।
  • तोकिएको म्यादभित्र नआए कानुनअनुसार कडा कारबाही हुने र फरारलाई आश्रय वा लुकाउने व्यक्तिमाथि समेत कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
  • ५७६ जना फरारमध्ये हालसम्म २६२ जना मात्र फर्केका छन् भने बाँकीलाई तोकिएको समयभित्रै फर्किन आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

जेनजी आन्दोलनको मौका छोपी गत भदौ २४ गते को जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ। कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै फरार भएका सबै कैदीबन्दीलाई उक्त अवधिभित्र फर्की आउन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताए।

जेलर क्षेत्रीद्वारा जारी सूचनामा तोकिएको अवधिभित्र फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानुनबमोजिम कडा कारबाही हुने उल्लेख छ। साथै, कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा स्पष्ट पारिएको छ।

गत भदौ २४ गते कारागारमा रहेका ४० भारतीयसहित कुल ५७६ जना कैदीबन्दी फरार भएका थिए। आज बिहानसम्म २६२ जना कैदीबन्दी यस कारागारमा फिर्ता आइसकेको जेलर क्षेत्रीले जानकारी दिए। बाँकी कैदीबन्दीलाई तोकिएको समयभित्र फर्किनका लागि यो अन्तिम मौका दिइएको हो।

यो समाचारमा

जलेश्वर कारागारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...