म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्ने चिनियाँ माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्ड

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

33
Share
Featured
  • म्यानमारमा ठगी र आपराधिक गतिविधि सञ्चालन गरेको आरोपमा चिनियाँ अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।
  • परिवारका अन्य सदस्यलाई लामो जेल सजाय दिइएको छ, जसले म्यानमार–चीन सीमापार अपराध नियन्त्रणमा चीनको कडा अडान देखाएको छ।
  • यो माफिया परिवार म्यानमारको सानो सहर लौक्काईमा जुवा, लागुपदार्थ र स्क्याम सेन्टर सञ्चालन गर्दै चिनियाँ अधिकारीहरूले सन् २०२३ मा पक्राउ गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

म्यान्मारमा ठगी केन्द्र सञ्चालन गरेको कसुरमा चिनियाँ अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार, यो परिवारका दर्जनौं सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ। परिवारका अन्य धेरै सदस्यलाई पनि लामो जेल सजाय सुनाइएको छ।

यो चिनियाँ माफिया परिवार म्यानमारको सानो सहर लौक्काई चलाउने चार जनजातिमध्ये एकका लागि काम गर्थ्यो। म्यानमार-चीन सीमानजिकै अवस्थित यो यो सहर जुवा, लागुपदार्थ र असंख्य स्क्याम सेन्टरको केन्द्र बनेको थियो।

सन् २०२३ मा म्यानमारले यो परिवारविरुद्ध कारबाही गर्दै धेरै सदस्यलाई पक्राउ गरी चिनियाँ अधिकारीहरूलाई सुम्पिएको थियो। चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार, उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका ३९ सदस्यविरुद्ध सजाय सुनाएको हो। यो फैसलाले सीमापार अपराध नियन्त्रणमा चीनको कडा अडानलाई देखाएको छ।

यो समाचारमा

चीनम्यान्मारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...