दसैंको चहलपहल २४ घण्टामा एक लाख ११ हजारले छाडे काठमाडौं

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

16
Share
Featured
  • घटस्थापनादेखि अहिलेसम्म करिब ४.६७ लाख र पछिल्ला २४ घण्टामा मात्र १.११ लाख सर्वसाधारण काठमाडौं उपत्यका छाडेका छन्।
  • नेपाल यातायात व्यवसायी महासंघका अध्यक्षका अनुसार, सडकमा ट्राफिक जामका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ; हालसम्म करिब ८ लाख मानिस उपत्यका बाहिरिएका छन्।
  • ट्राफिक प्रहरीले चाडपर्वमा निर्वाध यात्रा सुनिश्चित गर्न सुरक्षाकर्मी परिचालन गरे पनि यात्रुको अत्यधिक चापका कारण सडकमा असहजता देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बडादसैंको चहलपहलसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ। बितेका २४ घण्टामा मात्रै एक लाख ११ हजार मानिसले उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि आइतबार अपराह्नसम्म कुल चार लाख ६७ हजार सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका छन्।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भइरहेको बताएका छन्। अध्यक्ष स्वारका अनुसार, घटस्थापनायता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। उनले सहज यातायात सञ्चालनका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरिएको जानकारी दिए।

ट्राफिक प्रहरीले पनि चाडपर्वमा यात्रुको सहजताका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरी निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ। यद्यपि, यात्रुको अत्यधिक चापका कारण सडकमा केही असहजता देखिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भयो- सांसद गुरुङ

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि उठेका प्रश्नहरूलाई 'स्टण्ट' मार्फत विषयान्तर गर्न खोजेको आरोप लगाएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनतामा रहेको आशा विस्तारै निराशामा बदलिँदै गएको टिप्पणी गरिन्।सांसद गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको युवा नेतृत्वमाथि जनताले ठूलो विश्वास गरे पनि अहिले त्यो आशा निराशामा परिणत हुन

    Data is loading...

    Loading brands...

    Loading footer...