भारतले उचाल्यो एसिया कपको उपाधि

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

23
Share
Featured
  • एसिया कपको फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जितेको छ।
  • पाकिस्तानले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा १४६ रनमा अलआउट भई भारतलाई १४७ रनको लक्ष्य दिएको थियो।
  • भारतले १९.४ ओभरमा १५० रन पूरा गर्दा तिलक बर्माले नटआउट ६९ रनको अर्धशतकीय इनिङ खेले।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो ।

टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।

आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । 

१४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् । 

यो समाचारमा

काठमाडौँपाकिस्तानभारत

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...