भागेकाहरू कैदीबन्दी फिर्ता ल्याउन कार्यदल गठन

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

22
Share
Featured
  • जेनजी प्रदर्शनका क्रममा भदौ २३–२४ गते भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष कार्यदल गठन गरिएको छ।
  • कार्यदलमा सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी सुरक्षा निकायका प्रतिनिधिहरू समेत समावेश छन्।
  • गृहमन्त्रीस्तरीय निर्णयअनुसार कैदी खोजी, नियन्त्रण तथा पक्राउ अभियानलाई सघन बनाउन तीन बुँदे कार्यादेश दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  । 

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट गत भदौ २३ र २४ गते भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार भागेका कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।

फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने कार्यलाई अझ सघन रूपमा अघि बढाउन शुक्रबार गृहमन्त्रीस्तरीय निर्णय गरिएको हो । कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रहसमेत गरिएको छ । कार्यदललाई तीन बुँदे कार्यादेश समेत दिइएको छ ।

कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रहसमेत गरिएको छ । कार्यदललाई तीन बुँदे कार्यादेश समेत दिइएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...