जेनजी आन्दोलनपछि फरार ६ हजार ४९४ कैदीबन्दी अझै बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

11
Share
Featured
  • जेनजी आन्दोलन (भदौ २४) मा १४,५४९ कैदी फरार, तर हालसम्म ८,०५४ फर्किए, अझै ६,४९४ फरार छन्।
  • फर्किएका मध्ये ७,७१३ कारागारका र ३४१ सुधारगृहका कैदी, बाँकीको खोजी कार्य जारी।
  • आन्दोलनमा १० कैदीको मृत्यु, हाल देशभरका ३०,६४६ मध्ये २३,४४६ कैदी मात्र कारागारमा रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागार र सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये अझै ६ हजार ४९४ जना सम्पर्कमा आएका छैनन्।

कारागार व्यवस्थापन विभागका अनुसार, देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका कुल कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना मात्र कारागारमा फर्किएका छन्। फर्किएकामध्ये कारागारबाट भागेका ७ हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, कतिपय कैदीबन्दी आफैँ फर्किएका छन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएका हुन्। अझै फरार रहेका ६ हजार ४९४ कैदीबन्दीमध्ये कारागारबाट भागेका ५ हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना छन्। उनीहरूको खोजी कार्य जारी रहेको न्यौपानेले बताए।

जेनजी आन्दोलनका क्रममा कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यो अवधिमा १० जना कैदीबन्दीको मृत्यु भएको पनि विभागले जनाएको छ। कुल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना मात्र कारागारमा छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...