प्रधानमन्त्री कार्की सरकारले तोकेको चुनावको मितिप्रति प्रचण्डको समर्थन

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

22
Share
Featured
  • नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको रक्षाका लागि फागुन २१ मा निर्वाचन अनिवार्य भएकोमा जोड दिएका छन्।
  • काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन्।
  • प्रचण्डको भनाइले माओवादी केन्द्रले निर्धारित मितिमा चुनाव सम्पन्न गराउने दृढता देखाएको सन्देश दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा अध्यक्ष दाहालले निर्वाचन सम्पन्न गराउन माओवादी केन्द्रले विशेष पहल गर्ने बताएका हुन्।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका थिए। अध्यक्ष दाहालको यो भनाइले निर्धारित मितिमा चुनाव गराउन माओवादी केन्द्र दृढ रहेको सन्देश दिएको छ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँपुष्पकमल दाहालप्रतिनिधि सभा
सुशीला कार्की5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...