लद्दाखमा पूर्ण राज्यको मागसहित जेनजी प्रदर्शन , कर्फ्यु जारी

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

32
Share
Featured
  • लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहितको आन्दोलन हिंसात्मक बनेको छ, जहाँ प्रदर्शनकारीले बीजेपी कार्यालय र प्रहरी गाडीमा आगजनी र तोडफोड गरेका छन्।
  • घटनापछि लेहमा कर्फ्यु जारी गरिएको छ, पाँचजनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाइएको छ र जुलुस–र्याली निकाल्न लिखित अनुमति अनिवार्य गरिएको छ।
  • आन्दोलनका नेता सोनम वांगचुकले हिंसा रोक्न आह्वान गर्दै आमरण अनशन तोडेका छन्, विश्लेषकहरूले लद्दाखमा भएको हिंसालाई भारत सरकारका लागि गम्भीर चेतावनीका रूपमा लिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ। लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए।

बीबीसी हिन्दीका अनुसार, प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को जिल्ला कार्यालयमा आगजनी गर्नुका साथै प्रहरी र सुरक्षा निकायका गाडीहरूमा तोडफोड तथा आगजनी गरेका छन्। यस घटनापछि प्रशासनले लेहमा कर्फ्यु लगाएको छ र पाँच जनाभन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध लगाइएको छ। कुनै पनि जुलुस वा र्याली निकाल्न पूर्व लिखित अनुमति अनिवार्य गरिएको छ।

प्रदर्शनको नेतृत्व गर्दै आएका पर्यावरणविद् तथा सामाजिक अभियन्ता सोनम वांगचुकले १५ दिनदेखि जारी आमरण अनशन हिजोको हिंसात्मक परिस्थितिपछि तोडेका छन्। उनले एक भिडियो सन्देशमार्फत् हिंसा र तोडफोडप्रति दुःख व्यक्त गर्दै युवाहरूलाई संयमित रहन र शान्तिपूर्ण मार्ग अपनाउन आग्रह गरेका छन्। उनले लेहमा हजारौं युवा सडकमा उत्रिएको र 'जेन जेडी' क्रान्ति भएको बताएका छन्।

बीजेपीका प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले पार्टी कार्यालयमा आगजनी भएको पुष्टि गरेका छन्। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। चीनको सीमासँग जोडिएको संवेदनशील क्षेत्र लद्दाखमा भएको यो हिंसालाई विश्लेषकहरूले गम्भीर विषय र भारत सरकारका लागि चेतावनीका रूपमा लिएका छन्।

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...