दशैँमा चीनबाट सामान आयातमा समस्या: तातोपानी र केरुङ नाका अवरुद्ध, व्यवसायी मर्कामा

Author

सजिलो पत्रिका

२०८२ असोज ०७, मङ्गलबार

23
Share
Featured
  • तातोपानी र केरुङ नाका अवरुद्ध हुँदा करिब ४,५०० कन्टेनर दशैँका सामान नाकामै रोकिएका छन्, जसले व्यवसायीहरूलाई ठूलो समस्या पारेको छ।
  • बाढीले मितेरी पुल बगाएपछि पासाङल्हामु राजमार्ग सञ्चालन हुन नसक्दा र अरनिको राजमार्गमा पहिरो जाँदा चीनसँगको व्यापार ठप्प भएको छ।
  • सामान नआउँदा बजारमा अभाव र महँगी बढेको छ, ग्राहकले लत्ताकपडा लगायतका सामान गत वर्षभन्दा धेरै महँगोमा किन्नुपरेको गुनासो गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल-चीन जोड्ने प्रमुख दुई नाका तातोपानी र केरुङ अवरुद्ध हुँदा दशैँका लागि ल्याइएका सयौँ कन्टेनरका सामान नाकामै रोकिएका छन्। यसले गर्दा व्यवसायीहरूलाई दशैँको सामान बेच्न समस्या भइरहेको गुनासो गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्कीका अनुसार, गत असार २४ गते लेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि तातोपानी नाका जोड्ने पासाङल्हामु राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। मितेरी पुल नबन्दा यो राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

यसैगरी, विगत एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध छ। अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा काठमाडौँबाट तातोपानी जोड्ने बाटो पनि सञ्चालन हुन सकेको छैन।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चापदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेको बताए। उनका अनुसार, हाल तातोपानी नाकामा ३ हजारभन्दा बढी र केरुङ नाकामा १ हजार ५०० भन्दा बढी कन्टेनर सामग्रीसहित रोकिएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दशैँको मुखमा बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको बताए। जेनजी प्रदर्शनका कारण पनि समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायीहरू समस्यामा परेको उनको भनाइ छ।

दशैँमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीहरूले बताएका छन्। सामान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नुपरेको ग्राहकहरूको गुनासो छ। काठमाडौँको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताए।

यो समाचारमा

नेपालकाठमाडौँसिन्धुपाल्चोकचीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हर्मुज जलघाँटीको तनावले विश्व ऊर्जा बजारमा हलचल, तेलको मूल्य ब्यारेलकै १२० डलर पुगेपछि कूटनीतिक दौडधुप बढे

    एजेन्सी । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप

    Data is loading...

    Loading brands...

    Loading footer...