राष्ट्रिय क्रिकेट टोली आज यूएई प्रस्थान गर्दै

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

22
Share
Featured
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज यूएई प्रस्थान गर्दैछ, जहाँ असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनलमा सहभागी हुनेछ।
  • नेपालले यस प्रतियोगितामा विश्व विजेता वेस्ट इन्डिजसहित बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
  • भिसा नपाएकाले टोली शुक्रबार जान नसकेको भए पनि आइतबार भिसा प्राप्त भएपछि सोमबार प्रस्थान गर्न लागेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली राष्ट्रिय क्रिकेट टोली आज विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्नका लागि संयुक्त संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ । प्रवेशाज्ञा (भिसा) प्राप्त भएसँगै टोली आज यूएई प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपाली टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । यस प्रतियोगितामा नेपालले वेस्ट इन्डिजजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।

यसअघि शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोली भिसा प्राप्त नहुँदा रोकिएको थियो । आइतबार भिसा उपलब्ध भएसँगै टोली आज सोमबार यूएईका लागि उड्ने भएको हो । यो सिरिज नेपाली क्रिकेटका लागि महत्वपूर्ण अनुभव र प्रदर्शन गर्ने अवसर हुने अपेक्षा गरिएको छ ।

यो समाचारमा

नेपालसंयुक्त अरब इमिरेट्सक्रिकेटकाठमाडौँ
नेपाल क्रिकेट संघ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...