बडादशैँ सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

25
Share
Featured
  • आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादशैँ आज घटस्थापनासहित सुरु, ९:१३ बजे शुभसाइतमा जौ रोपेर जमरा राखिएको।
  • नवरात्रभर दुर्गाका तीन रूप (महाकाली, महालक्ष्मी, महासरस्वती) र नौ स्वरूपको पूजा गरी असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पर्व मनाइन्छ।
  • यस वर्ष विजयादशमी असोज १६ गते, बिहान ११:५३ बजे टीका ग्रहणको उत्तम साइत; विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका–आशीर्वाद लिने परम्परा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यो पर्वको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदैछ। आज बिहान ९:१३ बजेको शुभसाइतमा घटस्थापना गरी जौ रोपेर जमरा राखिन्छ। जमरालाई विजयादशमीका दिन टीकासँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ।

नवरात्रभर शक्तिस्वरूपा दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। दुर्गाका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा गरिन्छ। दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यस अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। टीका ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिने परम्परा छ। हनुमानढोका दरबारको दशैँ घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आराधना सुरु भएको छ। दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। 

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...