गोदावरीमा २२औं दिनेश स्मृति गाइजात्रा फुटबलका विजेता खेलाडीलाई सम्मान र शुभकामना

Author

सजिलो पत्रिका

२०८२ असोज ०५, आइतबार

44
Share
Featured
  • गोदावरी नगरपालिका–३ का अध्यक्ष राज घिमिरेले विजयी खेलाडीलाई ५० हजार पुरस्कारसहित व्यक्तिगत २५ हजार थप सहयोग गरे।
  • नमुना स्पोर्ट्स क्लबले आयोजना गरेको कार्यक्रममा घिमिरेले विजयादशमी–दीपावलीको शुभकामना दिँदै खेलाडी विकासमा निरन्तर सहयोग गर्ने बताए।
  • सहभागीहरूले यस्ता प्रतियोगिताले खेलाडी मात्र नभई समुदायलाई पनि प्रेरित गर्ने धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ गोदावरी नगरपालिका, ललितपुर–३ का अध्यक्ष तथा खेल र विकास प्रेमी राज घिमिरेले २२औं दिनेश स्मृति गाइजात्रा फुटबल प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान गरेका छन्।

प्रमुख अतिथिका रूपमा उपस्थित भएका घिमिरेले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुका साथै आफ्नै व्यक्तिगत तर्फबाट थप २५ हजार रुपैयाँ सहयोगसमेत गरेका छन्।


नमुना स्पोर्ट्स क्लबका उपाध्यक्ष दीपु भुलनको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष घिमिरेले  विजयादशमी, दीपावलीलगायतका चाडपर्वका अवसरमा शुभकामना व्यक्त गर्दै खेलाडीको उत्थान र खेलकुद क्षेत्रको समग्र विकासका लागि आवश्यक सहयोग गर्न आफू सधैं तयार रहने बताएका छन्।


कार्यक्रममा सहभागीहरुले खेलकुदले सामाजिक सद्भाव, स्वास्थ्य र आपसी एकता बलियो बनाउने भएकाले यस्ता प्रतियोगिताले खेलाडीलाई मात्र होइन, स्थानीय समुदायलाई समेत प्रेरित गर्ने धारणा व्यक्त गरेका थिए।


नमुना स्पोर्ट्स क्लब परिवारले अध्यक्ष राज घिमिरेप्रति आभार प्रकट गर्दै निरन्तर सहयोग र प्रोत्साहनले क्लबलाई थप उर्जा मिलेको जनाएको छ।

यो समाचारमा

काठमाडौँगोदावरी नगरपालिका, ललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...