आगामी निर्वाचन जनमत पार्टीका लागि अग्निपरीक्षा: सिके राउत

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

15
Share
Featured
  • जनमत पार्टी अध्यक्ष सिके राउतले फागुन २१ को निर्वाचन तयारीमा ध्यान केन्द्रित गर्न र पार्टीभित्र हुने ध्यान भट्काउने षड्यन्त्रमा समय नफाल्न निर्देशन दिएका छन्।
  • राउतले पार्टीका नेता–कार्यकर्तालाई गाउँगाउँ, टोलटोलसम्म निर्वाचन तयारीमा जुट्न, बूथ समिति र युवा दस्ता गठन गर्न, प्रशिक्षण दिन र परिचालन गर्न आग्रह गरेका छन्।
  • उनले यो निर्वाचनलाई महाभारत र अग्निपरीक्षाको रूपमा वर्णन गर्दै, पार्टीलाई नम्बर १ विजयी बनाउन र मधेश कब्जा गरेर देशको निर्णायक शक्ति बन्ने लक्ष्यमा केन्द्रित हुन सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टीभित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले समयको अभाव भएको बेलामा पार्टीभित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न निर्देशन दिएका छन् ।

राउतले भने, ‘फागुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौं । फागुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबै दलहरूले मानिसकेका छन् र तयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई–तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टीभित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदैछ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं ।’

उनले यो निर्वाचन आफूहरूका लागि महाभारत र अग्निपरीक्षा भएको भन्दै निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुट्न कार्यकर्तालाई आग्रह गरे ।

‘हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं । निर्वाचन पछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेश कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔं । त्यो नै हाम्रो विजय हुनेछ,’ उनले भने ।

यो समाचारमा

जनमत पार्टीचन्द्रकान्त राउतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...