क्षतिग्रस्त गोदावरी प्रहरी चौकी पुनर्निर्माण सम्पन्न, आज प्रहरीलाई भित्र्याइँदै

Author

सजिलो पत्रिका

२०८२ असोज ०१, बुधबार

23
Share
Featured
  • गोदावरी बसपार्कस्थित प्रहरी चौकीको ‘जेनजी’ आन्दोलनमा क्षति पुगेको भाग तीव्र गतिमा पुनर्निर्माण सम्पन्न भएको छ।
  • आज असोज १ गते दिउँसो ३ बजे पुनर्निर्मित चौकीमा प्रहरीलाई सम्मानपूर्वक भित्र्याउने कार्यक्रम तय गरिएको छ, जसमा वडा अध्यक्ष राज घिमिरेले सबैलाई उपस्थित हुन आग्रह गरेका छन्।
  • कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ गर्ने र शान्ति सुरक्षा कायम राख्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

ललितपुरको गोदावरी बसपार्कस्थित प्रहरी चौकीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएको उक्त चौकीको तीब्र गतिमा पुनर्निर्माण गरिएको हो ।

आज असोज १ गते दिनको ठिक ३ बजे पुनर्निर्मित चौकीमा प्रहरीलाई स-सम्मानका साथ भित्र्याउने कार्यक्रम तय भएको छ । गोदावरी नगरपालिका, ललितपुर-३ का अध्यक्ष राज घिमिरेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीको मनोबल बढाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सम्पूर्णलाई उपस्थिति हुन आग्रह गरेका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ । यसले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै शान्ति सुरक्षा कायम राख्न मद्दत पुग्ने विश्वास लिइएको छ ।


यो समाचारमा

काठमाडौँगोदावरी नगरपालिका, ललितपुरललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...