यूएईमा नेपालीका लागि नयाँ भिसा बन्द, लाखौं युवामा निराशा

Author

सजिलो पत्रिका

२०८२ असोज ०१, बुधबार

29
Share
Featured
  • यूएईले सोमबारदेखि नेपाली कामदारका लागि वर्किङ र भिजिट दुवै भिसा अस्थायी रूपमा रोक्दै वैदेशिक रोजगारीमा ठूलो असर पारेको छ।
  • ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र कैदी पलायनजस्ता घटनाका कारण सुरक्षागत चासो देखाउँदै यो निर्णय गरिएको हो।
  • दक्षिण कोरियाले पनि ई–७ भिसा रोक्दा नेपाली श्रमिकका अवसर थप संकुचित भएका छन्, जसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चिन्ता बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

वैदेशिक रोजगारीका प्रमुख गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली कामदारका लागि नयाँ भिसा बन्द गरेको छ । यूएईले सोमबारदेखि नेपाली नागरिकका लागि वर्किङ भिसा मात्र नभई भिजिट भिसा पनि रोक्ने निर्णय गरेको हो ।

नेपालमा हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र कैदी पलायनजस्ता सुरक्षाजन्य घटनाहरूको प्रभावका कारण यूएईले यो अस्थायी रोक लगाएको बताइएको छ । यस निर्णयले वैदेशिक रोजगारीमा निर्भर लाखौं नेपाली युवामा ठूलो निराशा छाएको छ ।

दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा आवेदन दिन नसकिएको र पहिले स्वीकृत भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन् । यसले यूएईमा रोजगारीको खोजीमा रहेका नेपालीहरूलाई प्रत्यक्ष असर पर्ने देखिएको छ ।

यसैबीच, दक्षिण कोरियाले पनि ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक लिन नसक्ने भएको छ । यसले गर्दा नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीका अवसरहरू थप संकुचित भएका छन् । यूएई र दक्षिण कोरियाजस्ता प्रमुख गन्तव्यहरूमा भिसा प्रक्रियामा आएको यो अवरोधले नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने चिन्ता बढेको छ ।

यो समाचारमा

दक्षिण कोरियासंयुक्त अरब इमिरेट्सकाठमाडौँनेपाल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...