रौतहटमा निषेधाज्ञा र कर्फ्यु जारी, शनिबार बिहानसम्म लागू हुने

Author

सजिलो पत्रिका

२०८२ भदौ २७, शुक्रबार

14
Share
Featured
  • रौतहटमा शुक्रबार बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा र साँझ ७ देखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ।
  • अत्यावश्यक आवतजावतका लागि शुक्रबार साँझ ५ देखि ७ बजेसम्म मात्र अनुमति दिइएको छ।
  • निषेधाज्ञा र कर्फ्यु अवधिमा सभा, जुलुस, प्रदर्शन, पर्चा टाँस्ने, पाँच जनाभन्दा बढी भेला हुने लगायत सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार बिहानदेखि शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जारी गरेको सूचना अनुसार, शुक्रबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। त्यसैगरी, साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

अत्यावश्यक आवतजावतका लागि शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ। निषेधाज्ञा र कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चा टाँस्न वा लेख्न तथा शान्ति र व्यवस्थामा असर पुग्ने कुनै पनि कार्य गर्न पूर्ण रूपमा रोक लगाइएको छ। साथै, पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पनि पाइने छैन।

यो समाचारमा

रौतहटकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...