नेपाली सेनाद्वारा काठमाडौं र पोखराबाट ३१ नाल हतियार बरामद

Author

सजिलो पत्रिका

२०८२ भदौ २५, बुधबार

10
Share
Featured
  • नेपाली सेनाले काठमाडौंबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गर्‍यो।
  • घटनामा घाइते भएका २३ प्रहरी र ३ गैर-सैनिक व्यक्तिको सैनिक अस्पतालमा उपचार भइरहेको छ।
  • बरामदगीले अराजक गतिविधिमा प्रयोग हुन सक्ने ठूलो मात्रामा हतियार नियन्त्रणमा आएको संकेत गर्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली सेनाले काठमाडौं र पोखराका विभिन्न स्थानबाट भारी मात्रामा हातहतियार र गोलीगठ्ठा बरामद गरेको छ। सेनाले बुधबार बिहान विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार, काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल विभिन्न किसिमका हतियारका साथै म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ।

यस क्रममा घाइते भएका २३ जना नेपाल प्रहरीका सदस्य र ३ जना गैर-सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको पनि सेनाले जनाएको छ। यो बरामदगीले हाल देशमा भइरहेका अराजक गतिविधिमा प्रयोग हुन सक्ने हतियारको ठूलो खेप नियन्त्रणमा आएको संकेत गर्दछ।

यो समाचारमा

नेपाल प्रहरीनेपाली सेनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, इरानले दियो प्रतिशोधको चेतावनी

    काठमाडौं । अमेरिकाले शनिबार राति इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार करिब १४० सैन्य अड्डालाई निशाना बनाइएको हो ।सेन्टकमले साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि होर्मुज जलडमरूमा भएको आक्रमणको प्रतिक्रियास्वरूप यो कारबाही गरिएको जनाएको छ । उक्त आक्रमणमा जहाजमा आगलागी भएको, इन्जिनमा गम्भीर

    Data is loading...

    Loading brands...

    Loading footer...