सुडानको डारफरमा पहिरोले सिंगो गाउँ बगाउँदा एक हजारभन्दा बढीको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार

28
Share
Featured

विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार गाउँका सम्पूर्ण बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी रहेको अनुमान छ ।

एक जनामात्र जीवित भेटिएका छन् ।”

समाचार सारांशGenerated using AI.

काठमाडौँसुडानको पश्चिमी डारफर क्षेत्रमा गएको पहिरोले एउटा गाउँ नै बगाएको छ । उक्त पहिरोमा परेर एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।  

सुडानलिबरेसन मुभमेन्ट–आर्मीले विज्ञप्ति जारी गर्दै यो घटना मध्य डारफरको मार्राह माउन्टेन्समा रहेको तारासिन गाउँमा आइतबार भएको जनाएको छ । अगस्टको अन्तिम सातामा भएको भारी वर्षापछि यो विपत्ति आएको हो । 

अफ्रिकी देशमा आएको हालसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको समाचार संस्था एपीले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार गाउँका सम्पूर्ण बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी रहेको अनुमान छ । एक जनामात्र जीवित भेटिएका छन् ।”

सुडान लिबरेसन मुभमेन्ट–आर्मीले गाउँ पूर्णरूपमा ध्वस्त भएको बताउँदै शवहरू निकाल्नका लागि संयुक्त राष्ट्र संघ (यूएन) र अन्तर्राष्ट्रिय सहायता समूहहरूसँग सहयोगको लागि अपिल गरेको छ ।

मार्राह माउन्टेन्सका समाचारमाध्यमले सार्वजनिक गरेको भिडियो फुटेजमा पहाडी शृंखलाहरूबीचको एक समतल क्षेत्र देखाइएको छ, जहाँ मानिसहरूको एउटा समूहले खोजी गरिरहेको देखिन्छ । सन् २०२३ को अप्रिलमा सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीचको तनाव राजधानी खार्तुम र देशका अन्य भागहरूमा खुला युद्धमा परिणत भएपछि विनाशकारी गृहयुद्ध चलिरहेको छ ।

यस द्वन्द्वग्रस्त डारफर क्षेत्रको अधिकांश भागमा सुडानको सेना र आरएसएफबीचको लडाइँ र कडा प्रतिबन्धका कारण संयुक्त राष्ट्र संघ र सहायता समूहहरूका लागि पहुँच पुर्‍याउन असम्भव बनेको समाचारमा उल्लेख छ । एपी

यो समाचारमा

काठमाडौँसुडान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...