इन्दिरा रानाको आक्रोश: 'ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजे'

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार

73
Share
Featured
  • इन्दिरा रानाले आफूविरुद्ध लागेको मानव बेचबिखनको आरोपलाई निराधार भन्दै राजनीतिक षड्यन्त्र र बहुमत सिद्ध गर्न ठूला दलहरूको प्रयासको रूपमा ब्याख्या गरिन्।
  • उनले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूको संरक्षण र शिक्षाको काम मात्र गर्ने र मानव बेचबिखनसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारिन्।
  • रानाले मिडियामा आएका बच्चाहरू र अभिभावकहरू स्वयं नै प्रमुख प्रमाण भएको बताउँदै, पुराना छानबिनहरूबाट पनि केही ननिस्किएको उल्लेख गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई 'राजनीतिक षड्यन्त्र' को संज्ञा दिँदै पूर्णरूपमा खारेज गरेकी छिन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण ठूला दलहरूले बहुमत सिद्ध गर्न आफूलाई हटाउन खोजेको दाबी गरिन्। उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको 'मानव बेचबिखन'को आरोपलाई उनले आधारहीन भएको बताएकी छिन्। "बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन्। यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो," उनले भनिन्। रानाले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको स्पष्ट पारिन्। "हामी गरीब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं तर बेचबिखन होइन," उनको स्पष्टोक्ति छ।

उनले आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको बताइन्। अमेरिकी दूतावासलाई लेखिएको भनिएको चिठीको विषयमा तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा केही नभेटिएको पनि उनले उल्लेख गरिन्। आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलंकित नबनाउन आग्रह गर्दै रानाले 'प्रतिशोधले देश अघि बढ्दैन' भन्दै जनमुद्दामा छलफल गर्नुपर्नेमा जोड दिइन्।

यो समाचारमा

इन्दिरा रानामगरप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...