"गौरापर्वले नेपाली मौलिक संस्कृति र राष्ट्रिय एकता सुदृढ बनाउँछ": राष्ट्रपति पौडेल

Author

सजिलो पत्रिका

२०८२ भदौ १५, आइतबार

16
Share
Featured
  • राष्ट्रपति पौडेलले गौरापर्वले आपसी समझदारी, सद्भाव, शान्ति र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गरेका छन्।
  • गौरापर्वले पारिवारिक सम्बन्ध बलियो बनाउँदै नेपाली समाजमा सामाजिक, सांस्कृतिक ऐक्यबद्धता र राष्ट्रिय एकता सुदृढ गर्छ भन्ने विश्वास व्यक्त गरिएको छ।
  • शिव-पार्वतीको पूजा, बिरुडा अर्पण, देउडा आदि लोकसंस्कृतिको माध्यमबाट पर्वले नेपाली विविधतामा एकता ल्याउने र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउने कुरा उल्लेख गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्व २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति र भाइचाराको भावना अभिवृद्धि होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। गौरापर्वको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिक पर्वहरूले नेपाली समाजमा सामाजिक, सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्न मद्दत गर्ने बताएका छन्। उनले गौरापर्वले पारिवारिक सम्बन्धलाई अझ मजबुत पार्दै राष्ट्रिय एकता सुदृढ गर्न योगदान पुर्‍याउने उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले गौरापर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउने कार्यमा विशेष भूमिका खेलेको स्मरण गराए। भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विशेषगरी नेपालका पश्चिमी भूभागमा धुमधामले मनाइने यस पर्वमा शिव र पार्वतीको पूजा तथा व्रत गरिन्छ।

यस अवसरमा पाँच वा सोभन्दा बढी प्रकारका अन्नबाट बनेको 'बिरुडा' अर्पण गरिन्छ, जसलाई प्रसादका रूपमा ग्रहण गरिन्छ। यसले कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा रहेको जनाइएको छ।

राष्ट्रपति पौडेलले भने, “गौरापर्वका अवसरमा स्थानीयहरू गोलबद्ध भई देउडा, धमारी, चैत आदि लोकभाषाका माध्यमबाट सुख-दुःख बाँड्छन्। यस पर्वले बिछोडिएका जोडीको मिलन, आपसी भाइचाराको वृद्धि र पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास रहिआएको छ।”

उनले यस्ता सांस्कृतिक पर्वहरूले विविधतामा एकता ल्याउने, नेपाली संस्कृतिको संरक्षण गर्ने र मानवीय जीवनको सुख, शान्तिमा टेवा पुर्‍याउने उल्लेख गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम

    काठमाडौं । झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तरराष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा नेपाली सेना तथा एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...